+
+
Shares

अदालत पुग्यो काष्ठमण्डपको मूर्ति विवाद

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते १८:१७
Photo Credit : काष्ठमण्डपमा राखिएको गोरखनाथको पुरानो (बायाँ) र नयाँ (बाँया) मूर्ति

२८ पुस, काठमाडौं । पुनर्निर्माण लगभग सकिएको काष्ठमण्डप मूर्ति विवाद अदालत पुगेको छ । अधिवक्ता समेत रहेका सम्पदा संरक्षणकर्मी सञ्जय अधिकारीले काष्ठमण्डपबाट हटाइएको मूर्ति पुनर्स्थापना गर्न माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले दायर गरेको मुद्दाको पेशी माघ २ गतेका लागि तोकिएको छ । पुनर्निर्मित काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा रहेको गोरखनाथ र चार कुनामा रहेको गणेशको मूर्ति नयाँ राखिएको छ ।

तर, यो कार्यले प्राचीन स्मारक संरक्षण ऐन मिचिएको, धार्मिक आस्थामा चोट पुर्‍याएको, सम्पदा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय कानुन मिचिएको, संवैधानिक मौकिल हक हनन भएको दावी गर्दै अधिकारीले अदालतमा मुद्दा दायर गरेका हुन् ।

काष्ठमण्डपमा गोरखनाथ र गणेशको मूर्ति टुटेफुटेको भन्दै पुनर्निर्माण समितिले नयाँ मूर्ति ल्याएपछि यसको समर्थन र विरोध दुवै भएको छ । कतिपयले पुरानो मूर्ति टुटेफुटेको र यस्ता मूर्ति पूजा गर्न नहुने मान्यता भएकाले नयाँ ल्याउनुलाई सही भनेका छन् । कतिपय स्थानीय र संरक्षणकर्मीले भने पुरानै मूर्ति राख्नुपर्ने धारणा राखेका छन् ।

पुरातत्व विभागका अनुसार भूकम्पपछि क्षतिग्रस्त काष्ठमण्डपमा मूर्तिहरु टुटेफुटेको अवस्थामा भेटिएका थिए । कतिपयले काण्ठमण्डप पुनर्निर्माणपछि ती मूर्तिलाई नै फर्काउनुपर्ने माग गरेपछि नयाँ मूर्ति राख्नुपर्ने पक्षमा रहेको मन्दिर पुनर्निर्माण समिति अप्ठेरोमा परेको छ ।

प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सरकारको स्वीकृतिविना प्राचीन स्मारकका सम्पदालाई भत्काउने, हटाउने, परिवर्तन गर्ने विरुप गर्ने जस्ता काम गर्न पाइँदैन । पुरातात्विक वस्तुलाई नष्ट गरेमा, भत्काएमा, विरूप पारेमा, चोरी गरेमा वा अनधिकृत रूपमा हटाएमा वा परिवर्तन गरेमा वा कुनै किसिमले हानी नोक्सानी गरेमा त्यस्तो पूरातात्विक वस्तुको बिगो बमोजिमको रकम असुल उपर गरी पाँच हजार रूपैयाँदेखि एकलाख रूपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?