+

बार्सिलोनालाई हराउँदै रियल मड्रिड सुपर कपको फाइनलमा

२०७८ पुष  २९ गते ९:२० २०७८ पुष २९ गते ९:२०
बार्सिलोनालाई हराउँदै रियल मड्रिड सुपर कपको फाइनलमा

२९ पुस, काठमाडौं । स्पानिस सुपरको पहिलो सेमिफाइनलमा रियल मड्रिडले बार्सिलोनालाई उसैको मैदानमा ३-२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

फेडरिको भाल्भर्डेले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि रियलले बार्सिलोनालाई पराजित गरेको हो ।

साउदी अरेबियाको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा भएको खेलमा रियलले दुई पटक अग्रता बनाउँदा बार्सिलोनाले पुनरागमन गरेको थियो ।

खेलको २५औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर ४१ औ मिनेटमा लुक डे जोङले बार्सिलोनाका लागि पहिलो हाफमै बराबरी गोल फर्काए ।

करिम बेन्जेनमाले ७२औं मिनेटमा गोल गर्दै रियलले फेरि अग्रता दिलाए । तर अंशु फातीले ८३औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरे । निर्धारित समयमको खेल २-२ भएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो । जसमा भाल्भर्डेले गोल गर्दा रियलले बाजी मार्‍यो ।

रियलले अब उपाधिका लागि एट्लेटिको मड्रिड र एथ्लेटिक बिल्बाओको विजेतासँग आइतबार फाइनल खेल्नेछ । एट्लेटिको मड्रिड र एथ्लेटिक विल्बाओबीच बिहीबार दोस्रो सेमिफाईनल हुनेछ ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय