+
+

तापसीको नयाँ फिल्म ‘लूप लपेटा’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १३:२१

२९ पुस, काठमाडौं । ‘हसिन दिलरुबा’ र ‘रश्मी रकेट’को सफलतापछि बलिउड अभिनेत्री तापसी पन्नु सन् २०२२ का लागि आफ्नो पहिलो चलचित्र लिएर आउँदैछिन् । ताहिर राज असीन र तापसी पन्नु अभिनित नयाँ चलचित्र ‘लूप लपेटा’को ट्रेलर बिहीबार रिलिज भएको छ ।

आकाश भाटियाद्वारा निर्देशित यो जर्मन चलचित्र ‘रन लोला रन’को हिन्दी रिमेक हो । हालै तापसीले चलचित्रको रिलिज मिति घोषणा गरेसँगै ‘लूप लपेटा’ चर्चामा छ । यो चलचित्र फेब्रुअरी ४ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

नेटफ्लिक्सले यो चलचित्रको ट्रेलर सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो । यसअघि अभिनेत्री तापसी पन्नुले चलचित्रको ट्रेलर रिलिज हुज लागेको जानकारी दिएकी थिइन् । तापसीले ‘लूप लपेटा’ विचित्र कमेडी चलचित्र भएको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?