+
+

अत्यावश्यक अवस्थामा स्मार्ट लाइसेन्स चाहिएमा ७ दिनअघि निवेदन दिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते १६:१६

२९ पुस, काठमाडौं । यातायात व्यवस्था विभागले अत्यावश्यक अवस्थामा प्रिन्ट भएको स्मार्ट लाइसेन्स चाहिए ७ दिन अगावै आवेदन दिन अनुरोध गरेको छ । विदेश जाने, शान्ति सेनामा जाने सेना तथा प्रहरीहरु र अति जरुरी स्मार्ट कार्ड प्रिन्ट चाहिनेहरुले आवेदन दिएको ७ दिनपछि मात्रै स्मार्ट लाइसेन्स पाउने विभागले जनाएको छ ।

‘सवारी चालक अनुमतिपत्र चाँडो प्रिन्ट गरी प्राप्त गर्नका लागि दिएको निवेदन मितिबाट ७ (सात) दिन पछि मात्र प्रिन्ट प्राप्त गर्न सकिने भएकोले सोही व्यहोरा अवगत गर्नु भई निवेदन दिनु हुन सम्पूर्ण सेवाग्राहीहरुलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागले आफ्नो सूचनामा भनेको छ ।

अति जरुरी अवस्थामा सेवाग्राहीलाई आजको भोलि नै लाइसेन्स चाहिने हुन्छ । तर, विभागमा अत्यावश्यकको नाममा विगतदेखि नै आर्थिक चलखेल गरेर लाइसेन्स छिटो छपाएर दिलाउने गरिएकाले यस्तो सूचनालाई सेवाग्राहीले शंकास्पद रुपमा हेरेका छन् ।

गत पुस १३ गतेदेखि सरकारले रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको थियो । लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण २०७७ फागुनदेखि रोकेको थियो ।

अब माघ मसान्तसम्म छाप्न बाँकी ४ लाख ५० हजार लाइसेन्सको छपाइ सकिने विभागको दावी छ । विभागले एक वर्षको लागि परीक्षणकालीन भन्दै ट्रायल पास भएकाहरुलाई ‘कागजी’ लाइसेन्स दिन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?