+
+

जोकोभिकको भिसाबारे कुनै निर्णय भएको छैन : प्रधानमन्त्री मोरिसन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते २०:३३

२९ पुस, काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले स्टार टेनिस खेलाडी नोभाक जोकोभिकको भिसाबारे कुनै निर्णय नभएको बताएका छन् ।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मोरिसनले जोकोभिकको भिसाबारे कुनै निर्णय नभएको बताएका हुन् । पत्रकार सम्मेनलमा उनलाई अदालतको आदेशपछि पुन: बहाली भएको जोकोभिकको भिसा रद्द गर्ने वा नगर्ने भनेर सरकारले किन निर्णय गर्न नसकेको भनेर प्रश्न सोधिएको थियो ।

उक्त प्रश्नको उत्तर दिँदै मोरिसनले जोकोभिकको भिसा रद्द गर्ने वा नगर्ने भनेर निर्णय गर्ने अधिकार अध्यागमन मन्त्री एलेक्स हकसँग रहेको बताएका थिए ।

‘हकको पछिल्लो अभिव्यक्तिप्रति संकेत गर्न चाहन्छु र उक्त अडानमा कुनै परिवर्तन भएको छैन’, उनले भने, ‘यो मन्त्री हकको व्यक्तिगत अधिकारको कुरा हो र हाल मैले थप टिप्पणी गर्न चाहन्न ।’

यसअघि कोभिड-१९ सँग सम्बन्धित यात्रा मापदण्ड पालना नगरेको भन्दै अष्ट्रेलिया सरकारले जोकोभिकको भिसा रद्द गरी उनलाई अध्यागमनको नियन्त्रणमा राखेको थियो । लगत्तै उनले सरकारको उक्त निर्णयविरुद्ध पुनरावेदन दिएका थिए ।

सोमबार जोकोभिकको पक्षमा फैसला गर्दै उनलाई पुन: भिसा दिन र तत्काल मुक्त गर्न अष्ट्रेलियाका न्यायाधीश एन्थोनी केलीले आदेश दिएका थिए । अदालतको आदेशपछि पनि अध्यागमन मन्त्रालयले उनको भिसा पुन: रद्द गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?