+
+

भारोत्तोलनमा सन्देश र विशालले बनाए कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते २०:४०

२९ पुस, काठमाडौं । राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन् ।

सन्देशले स्न्याचमा १०९ केजीसहित क्लिन एन्ड जर्कमा १ सय ३७ केजी गरी कुल २ सय ४६ केजी वजन उठाउदै स्वर्ण जिते । एपीएफका सुजन विकले रजत तथा धनुषाका उज्ज्वलकुमार मिश्राले कांस्य जिते ।

सिनियर पुरुष १०२ केजीमा विशालले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा राष्ट्रिय कीर्तिमान स्थापित गरे । उनले स्न्याचमा १ सय ११ र क्लिन एन्ड जर्कमा १ सय ५० केजी गरी जम्मा २ सय ६१ केजी भार उठाए । यसअघि उक्त कीर्तिमान सन्देश गुरुङको नाममा थियो ।

सन्देशको नाममा स्न्याचमा १ सय ३ केजी र क्लिन एन्ड जर्कमा १ सय ३५ केजीको राष्ट्रिय कीर्तिमान थियो । यो तौल समूहमा आर्मीका विनोद खड्का दोस्रो र एपीएफका रणबहादुर नगरकोटी तेस्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?