+
+

पञ्चकन्या माई हाइड्रोपावरको साधारण सभा सम्पन्न

सञ्चालक समितिका चार सदस्य चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १९:१४

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले तीन वर्षको साधारणसभा सम्पन्न गरेको छ । बैंकका अनुसार चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
ललितपुरको कुपण्डोलमा बुधबार सम्पन्न साधरणसभाले ४ वर्ष अविधिका लागि कम्पनीको सञ्चालक समितिमा एकजना महिलासहित ४ जना सदस्यलाई चयन गरेको छ ।

सञ्चालक समिति सदस्यमा चयन हुनेमा संस्थापक शेयर धनी समूह–“क”बाट प्रेमबहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुबकुमार श्रेष्ठ र उदिप श्रेष्ठ रहेका छन् ।

कम्पनीको आव २०७५/७६ र आव २०७६/७७ को लेखापरीक्षण एनएआरएस एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आव २०७७/७८ को डीकुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट दिपेन्द्र कुमारले तयार पार्नु भएको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतीबाट स्वीकृत गरियो । साथै कम्पनीको आव २०७८/७९ को लेखापरीक्षण गर्न डीकुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्र कुमारलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।

कम्पनीका सञ्चालक ध्रुवकुमार श्रेष्ठले कार्यक्रममा सहभागी तथा कम्पनीको उन्नतिका लागि सघाउने सबैलाई धन्यावद ज्ञापन दिएका थिए ।

शेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा प्रश्नहरुको जवाफ भने सञ्चालक समितिका प्रदिपकुमार श्रेष्ठ र टिकाराम निरौलाले दिएका थिए ।

कार्यक्रममा शेयरधनीहरु अमिर दास रन्जित, उद्धवप्रसाद घिमिरे, ब्रम्हदेव शाक्य, अर्जुनकुमार ढुङ्गेल, शिवप्रसाद पौडेल, डम्वरु बल्लभ घिमिरे र शत्रुधन श्रेष्ठले आ–आफ्नो सुझाव दिएका थिए ।

कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मक तिर गएको हुँदा नाफाको सुनिश्चतता गरी शेयरधनीहरुलाई लाभांश वितरण गर्न पनि उनीहरुले आग्रह गरेका थिए ।

सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको सभापतित्वमा भएको साधरण सभामा सनराइज क्यापिटल लिमिटेडका विजयलाल श्रेष्ठ र कम्पनी रजिष्टारको कार्यालय, त्रिपुरेश्वरका उपरजिष्टार हरिप्रसाद अधिकारीको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?