
फाइल तस्वीर
३० पुस, वीरगञ्ज । वीरगञ्जमा पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमण दैनिक रुपमा बढ्दै गएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैनिक संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको हो ।
बिहीबार ४७ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या प्रतिशतको हिसाबमा ६५.९६ प्रतिशत हो ।
तर शुक्रबार कोरोना संक्रमण पुष्टि हुने दर पनि उच्च नै छ । शुक्रबार ६४ जनाको नमुना परीक्षण गर्दा ४३ जनामा संकक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख एवं सूक्ष्म जीव विज्ञ डा. प्रभाकर पाण्डेले अनलाइनखबरलाई जानकारी दिए । संक्रमण पुष्टि भएको यो संख्या प्रतिशतको हिसाबमा ६७.१९ प्रतिशत हो ।
यसअघि बुधबार ९५ जनाको परीक्षण गर्दा ५१ जनामा (५३.६८ प्रतिशत) संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4