
२ माघ, बुटवल । नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य एवं जिल्ला समन्वय समितिका सदस्य राम मल्ल ठकुरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
एमालेमा शुरुदेखि नै माधवकुमार नेपाल पक्षमा रहेका ठकुरी १० बुँदे सहमतिपछि जिल्ला नेता गोकर्ण विष्टसँगै रहेका थिए । तर १० बुँदे सहमति पक्षधर जिल्लाका नेता एमाले सचिव विष्टलगायतका नेताको कार्यशैली र विचार द्वैध चरित्रको र लम्पसारवादी भएकाले एमाले परित्याग गरेको मल्लले बताए ।
‘१० बुँदे सहमति कार्यान्वयन पनि भएन, उहाँहरु लम्पसारवादी देखिनुभयो,’ मल्लले भने, ‘एमालेमा रहेर आगामी चुनावमा जनतासँग भोट माग्ने अवस्था पनि नदेखेपछि एकीकृत समाजवादी रोजेको हुँ ।’ एमाले परित्याग गरेसँगै मल्ल राष्ट्रिय भूमि आयोग गुल्मीका अध्यक्ष भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4