+
+

ललितपुर प्रशासनको आदेश- मास्क नलगाएका यात्रुलाई पाँच रुपैयाँ लिएर मास्क दिनू

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ४ गते १५:४९

४ माघ, काठमाडौं । ललितपुर जिल्लामा सन्चालित सार्वजनिक यातायातका साधनहरुमा मास्क नलगाएका व्यक्तिलाई प्रवेश निषेध गर्न जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ ।

प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज जारी गरेको २७ बुँदे नयाँ आदेशमा उक्त बुँदा पनि उल्लेख छ ।

यदि कुनै व्यक्ति मास्क नलगाई गाडी चढ्न आएमा त्यस्ता व्यक्तिसँग बढीमा पाँच रुपैयाँ लिएर मास्क दिन पनि चालक वा सहचालकलाई भनिएको छ ।

यसैगरी सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, गाडीको ढोकामा सेनिटाइजरको व्यवस्था गर्ने, चालक तथा सहचालकले मास्क र फेस सिल्ड लगाउनुपर्ने र सवारी साधनलाई दैनिक निसंक्रमण गर्नुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?