
४ माघ, काठमाडौं । माल्टाकी सांसद रोबर्टा मेट्सोला युरोपेली संसदको अध्यक्षमा निर्वाचित भएकी छन् । उनी युरोपेली संसदको अध्यक्षमा निर्वाचित हुने तेस्रो महिला हुन् ।
मंगलबार माल्टाकी मध्य-दक्षिणपन्थी सांसद मेट्सोला युरोपेली संसदको अध्यक्षमा निर्वाचित भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । गर्भपतनविरुद्ध अडान राख्दै आएकी ४३ वर्षीया मेट्सोला युरोपेली संसदको अध्यक्ष बन्ने सबैभन्दा कान्छी व्यक्ति समेत हुन् ।
यसै महिना युरोपेली संसदका अध्यक्ष डेभिड ससोलीको निधन भएपछि अध्यक्षका लागि मंगलबार निर्वाचन भएको हो । निर्वाचनसँगै युरोपेली संसदले २० वर्षपछि महिला नेतृत्व पाएको छ ।
माल्टालाई युरोपेली युनियनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेकी मेट्सोला युरोपेली संसदको अध्यक्ष बन्ने तेस्रो महिला समेत हुन् । यसअघि सन् १९७९ र २००२ मा अध्यक्ष बनेका सिमोन भेइल र निकोल फोनटेइन दुवै फ्रान्सका महिला हुन् ।
प्रतिक्रिया 4