
५ माघ, चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा आजदेखि कोरोना भाइरसको स्वाब संकलन तथा पीसीआर परीक्षण सुरु भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार प्रदेश सरकारको सहयोगमा अस्पतालमा पीसीआर परीक्षण सुरु गरिएको हो ।
अस्पतालमा भर्ना भएका बिरामीको निःशुल्क परीक्षण गर्ने र अरु कसैले यतिकै चेक गराउन चाहेमा ७५० रुपैयाँ लिने निर्णय गरिएको डा.बगालेको भनाइ छ । सरकारले कोरोना परीक्षणका लागि एक हजार रुपैयाँ शुल्क तोकेको छ ।
बकुलहर रत्ननगर अस्पतालमा दैनिक ९० जनासम्मको स्वाब संकलन गरेर परीक्षण गर्नसक्ने क्षमता ल्याबको रहेको डा. बगालेले बताए । पूर्वी चितवनबाट कोरोना परीक्षण गराउन भरतपुर नै पुग्नपर्ने बाध्यतालाई यसले अन्त्य गर्ने विश्वास आफूहरूले लिएको डा.बगालेले बताए ।
चितवन जिल्लामा यसअघि भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, क्यान्सर अस्पताल गरी तीन ठाउँमा कोरोना परीक्षण हुँदै आएको थियो ।
प्रतिक्रिया 4