+
+

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १०:१८

५ माघ, दमक । झापाको कचनकवल-४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् ।

भारतीय नम्बर प्लेट बिआर३७सी ९००८ र बिआर३७इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

दुर्घटनामा कचनकवल-४ का ३० वर्षीय प्रदीप गणेश, भारतीय नागरिक हरण गणेश र एमडी ओकिल मियाँ गम्भीर घाइते भएका छन् । मोटरसाइकलका सवार सबैले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी भद्रपुर–३ ज्ञानेचोकमा मे३प १५३४ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा कचनकवल–६ का अस्नव अन्सारी र भारतीय नागरिक नासुब खातुन घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?