+
+

महोत्तरीबाट लागूऔषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १३:०८
फाइल तस्वीर

५ माघ, जनकपुरधाम । महोत्तरी प्रहरीले लागूऔषध नाइट्राभेट-१०सहित दुई जनालाई पक्राउ गरेको छ ।

बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका-४ कठुधारबाट काभ्रे र सिरहाका युवकलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बा.४६प ६२७३ नम्बरको मोटरसाइकलमा सवार काभ्रेको मण्डनदेउपुर नगरपालिका-६ बस्ने २५ वर्षीय सरोज विक र सिरहाको गोलबजार नगरपालिका-४ बस्ने २३ वर्षीय आकाश ठाकुर रहेको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकलको लेगार्डमा कालो प्लाष्टिकको झोलामा झुण्डयाएर भारतबाट ल्याइएको २ हजार ९ सय ८२ थान नाइट्राभेट–१० बरामद गरिएको छ ।
पक्राउ परेका उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?