
५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ४७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार एन्टिजेन र पीसीआर विधिबाट एक हजार ७ सय ४८ जनाको परीक्षण गर्दा ४७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार एक हजार चार सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ७८ र तीन सय १७ जनाको पीसीआर परीक्षण गर्दा एक सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये एक सय ७२ जना मात्र भारतबाट स्वदेश फर्किएका हुन् भने बाँकी स्थानीय हुन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको सख्या बढेर ५१ हजार ९९८ पुगेको छ ।
सबैभन्दा धेरै सक्रिय संक्रमित कैलालीमा छन् । स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार कैलालीमा सक्रिय संक्रमितको संख्या ७५३ पुगेको छ ।
कैलालीपछि कञ्चनपुरमा ४९६ सक्रिय संक्रमित छन् भने अन्य पहाडी जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय जना भन्दा कम रहेको छ ।
प्रतिक्रिया 4