+
+

दक्षिण अफ्रिकाको चिडियाघरमा सिंहलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १९:३१
फाइल तस्वीर

५ माघ, काठमाडौं। दक्षिणी अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक चिडियाघरमा राखिएका सिंह र प्युमामा गम्भीर प्रकारको कोभिड-१९ संक्रमण देखिएपछि नयाँ भेरियन्ट उत्पन्न हुने चिन्ता बढेको छ ।

सुरुमा चिडियाघरमा जनावरको रेखदेख गर्ने कर्मचारीमा लक्षणबिनाको कोभिड-१९ संक्रमण देखिएको थियो । तिनै कर्मचारीबाट सिंह र प्युमा (बन बिरालोको एक प्रजाति)मा कोरोना भाइरस सरेको हुन सक्ने ब्लूमबर्गले जनाएको छ ।

समाचारअनुसार कोभिड-१९ बाट संक्रमित सिंह र प्युमामा सास फेर्न गाह्रो हुने, नाकबाट सिँगान बग्ने सुख्खा खोकी लाग्ने लगायतका लक्षण देखिएका थिए ।

एक स्थानीय विश्वविद्यालयले सन् २०२० मा गरेको २ वटा प्युमाको दिसापिसाब परीक्षणपछि ती प्युमामा पखाला, नाकबाट सिँगान बग्ने र सास फेर्न गाह्रो हुने जस्ता लक्षणसहित कोभिड-१९ को संक्रमण पाइएको थियो । प्रिटोरिया विश्वविद्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा दुबै प्युमा २३ दिनपछि संक्रमणमुक्त भएको उल्लेख छ ।

त्यसको एक वर्षपछि अर्थात् दक्षिण अफ्रिकामा डेल्टा भेरियन्टका कारण सुरु भएको तेस्रो कोभिड लहरबीच ३ वटा सिंहमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पोजिटिभ देखिएको एउटा सिंहलाई निमोनिया भएको समाचारमा उल्लेख छ ।

हालसम्मका अध्ययनले जनावारबाट मानिसमा कोरोना भाइरस सरेको देखाउँछ । तर प्रिटोरिया विश्वविद्यालयको उक्त अध्ययनले मानिसबाट जनावारमा कोरोना भाइरस सर्न सक्ने देखाउँछ । सिंह संक्रमित भएका बेला चिडियाघरका कर्मचारीमा भाइरस फैलिइसकेको र कर्मचारीबाटै सिंह तथा प्युमामा कोरोना भाइरस सरेको हुन सक्ने अनुमान गरिएको छ ।

ती जनावारमा कोरोना भाइरस उत्परिवर्तन भएको र पुन: मानिस संक्रमित हुन सक्ने अनुसन्धानकर्ताको भनाइ छ । जनावारको रेखदेख गर्दा समेत मास्क लगाउनुपर्ने र स्वास्थ्यका अन्य मापदण्ड अपनाउनु पर्ने उनीहरूको सुझाव छ ।

‘यसरी दुर्लब जनावारलाई संक्रमण हुन र मृत्युबाट बचाउन सकिन्छ’, विश्वविद्यालयका प्राध्यापकद्वय मारिएट्जी भेन्टर र काट्जा कोइपेलले विज्ञप्तिमा भनेका छन्, ‘अन्य जनावारको शरीरमा भाइरस स्थापित भए नयाँ भेरियन्टको उत्पत्ति हुन सक्ने जोखिम बढ्ने र त्यस्ता भेरियन्ट पुन: मानिसमा सर्न सक्ने हुँदा यी उपाय अपनाउन आवश्यक हुन्छ ।’ एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?