+
+

केशरमहलमा काम गर्ने मजदुरबाटै पुरातात्विक सामग्री चोरी, दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ६ गते १५:११

६ माघ, काठमाडौं । काठमाडौं केशरमहलबाट पुरातात्विक महत्वका सामग्रीहरु चोरी भएको खुलेको छ । महलबाट बाघको टाउको, महल बनाउने राणा कमाण्डर केशर शमशेरको पोशाक, तरवार लगायत गत सोमबार चोरी भएको भेटिएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरका एसएसपी वसन्तबहादुर कुँवरका अनुसार चोरीमा संलग्न भएको अभियोगमा बुधबार दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङका १८ वर्षीय सुमन शर्मा र रुकुम पश्चिमका ३६ वर्षीय वीरबहादुर सुनार छन् ।

उनीहरुले केशर पुस्तकालयको ठूलो कोठो कोठाभित्र संलकन गरी राखिएको सामग्री चोरी गरेर बोरामा राखेर फालेको अवस्थामा बरामद गरिएको एसएसपी कुँवरले बताए । उनका अनुसार शर्मा र सुनार ती सामान लिन जाँदा पक्राउ परेका थिए ।

शर्माले प्रहरीसँग बयान दिँदै ‘गणेश श्रीपालीले आफ्नो स्कुटर केशरमहलमा राखेको र लिन आउनू भनेकाले’ केशरमहल गएको दाबी गरेका छन् । तर गार्डले के सामान लिएर आएको भनेर सोधेपछि स्कुटर र सामान केशरमहलको कम्पाउण्डमा लगेर फरार भएको भनेका छन् ।

सामान बरामद गरेर अनुसन्धान गर्दा चोरीमा गणेशसँगै दिपन्द्र भन्ने देवेन्द्र केसीको पनि संलग्नता खुलेका छ । तर उनीहरु हालसम्म फरार छन् ।

गणेश भवनमा रेट्रोफिटिङ गर्ने मजदूरहरुको ठेकदार हुन् । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनकै योजनामा पुरातात्विक महत्वको सामान चोरी भएको थियो । तर प्रहरीले चोरी भएलगत्तै थाहा पाएर अनुसन्धान थालेपछि ‘सामान फिर्ता गर्न’ आउँदा दुई जना पक्राउ परेको स्रोत बताउँछ ।

थप अनुसन्धान जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?