
६ माघ, काठमाडौं । पाटन अस्पतालको स्वास्थ्यनिर्देशकको जिम्मेवारी डा. युवराज शर्माले पाएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल मेडिकल विभाग प्रमुख तथा कोरोना फोकल पर्सन जिम्मेवारीमा रहेका डा. शर्मालाई यो जिम्मेवारी दिएको हो । ‘आज पत्र बुझेको छु, अब कोरोना महामारीमा केन्द्रित भएर काम गर्ने छु,’ डा. शर्माले भने ।
कोरोना महामारीको पहिलो तथा दोस्रो लहरमा पाटनले राम्रो व्यवस्थापन गरेको थियो । त्यसैगरी, अस्पतालमा गुणस्तरीय सेवा बनाई सर्भसुलभ तरिकाले उपचार दिने योजना गरेको डा. शर्माले बताए ।
‘अस्पताल प्रति बिरामीको ठूलो विश्वास छ । त्यो विश्वासलाई कायम राख्दै अस्पतालको गुणस्तरीय सेवा विस्तार गर्छु,’ डा. शर्माले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4