+
+

अटेर गरी खुल्ने विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते १३:०३

७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।

कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय विपरीत महानगरपालिका भित्रको केही विद्यालयहरु खुलिरहेको गुनासो आएको विभाग अधिकृत सुवेदीले बताए । उनले भने, ‘यस्तो महामारीमा सरकारको निर्णय विपरीत केही विद्यालय खुलिरहेको भन्ने गुनासो आएको छ । हामीले तत्काल बन्द गर्न निर्देशन दिएका छौं । यदि बन्द नगरेको पाइए कारबाही गर्नेछौं ।’

महानगरपालिकाका वडा नं १५ र १८ का केही निजी विद्यालय सञ्चालन भइरहेका गुनासो आएको अधिकृत सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?