+
+

फरार दुई अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ८ गते १३:१९

८ माघ, दाङ ।  प्रहरीले फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

लागूऔषध मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका-३ का ४० वर्षीय टेकबहादुर नेपालीलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । दाङ देउखुरी जिल्ला अदालतले नेपालीलाई २०७८ साल बैसाख १५ गते लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख जरिवाना तोकेको थियो ।

त्यस्तै लेनदेन मुद्दामा फरार घोराही उपमहानगरपालिका-३ मा बस्ने ५३ वर्षीय नैनबहादुर कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले ०७६ असार ४ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला सुनाएको कामीलाई प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ गरिएका दुवैजनालाई शुक्रबार दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?