+
+

इन्जुरी टाइममा २ गोल गरेपछि एट्लेटिकोको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते ९:४७

९ माघ, काठमाडौं । एट्लेटिको मड्रिडले इन्जुरी टाइममा २ गोल गर्दै स्पानिस ला लिगामा भ्यालेन्सियामाथि उत्कृष्ट पुनरागमन जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा एट्लेटिकोले दुई गोलले पछि परेको स्थिति उल्टाएर भ्यालेन्सियालाई ३-२ ले पराजित गरेको हो । इन्जुरी टाइममा एन्जल कोरेअ र मारियो हर्मोसोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका हुन् ।

युनुस मुसाहले २५औं र ह्युगो डुराले  ४४औं मिनेटमा गोल गरेपछि भ्यालेन्सियाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा एट्लेटिकोले पुनरागमन गर्‍यो । ६४औं मिनेटमा माथेउस कुन्हाले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने प्रयास गरे । इन्जुरी टाइमको पहिलो मिनेटमा एन्जल कोरेअले बराबरी गोल फर्काए । त्यसपछि इन्जुरी टाइमको तेस्रो मिनेटमा होर्मोसोले गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

जितपछि एट्लेटिको २१ खेलबाट ३६ अंकसहित चौथो स्थानमा छ । भ्यालेन्सिया २२ खेलबाट २९ अंकसहित नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?