+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारलाई ओलीको प्रश्न : २४ लाख बढी खोप कसले बेच्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १२:३९

७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले कोरोना महामारीको तेस्रो लहरमा सरकार गैरजिम्मेवार र निष्प्रभावी देखिएको बताएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार विज्ञप्ति जारी गर्दै नयाँ लहरले जनजीवन आक्रान्त बन्दा पनि सरकार गैरजिम्मेवार बनेको बताएका हुन् । २४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरुले नै स्वीकार गरेको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? ‘

अहिले पनि हजारौं नागरिक अझै खोपबाट बञ्चित रहेको भन्दै उनले अघि भनेका छन्, ‘अरु त अरु खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समते उपलब्ध गराउन नसक्नुले सरकार कति गैर जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ ।’

खोडकार्ड अनिवार्य हास्यास्पद

एमालेले सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद र विदेभकारी कदम भएको बताएको छ । सरकारले पुस मसान्तभित्र दुई तिहाई र चैतभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेपछि हालसम्म ४० प्रतिशतले मात्र लगाएको एमालेको दाबी छ ।

अघिल्लो सरकारले व्यवस्था गरिदिएको खोपको आपूर्ति, व्यवस्थापना, भण्डारणमा समेत सरकार असक्षम भएको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, तुलनात्मक रुपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रमा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ ।’

बजेट कटौती गरेकोमा विरोध

सरकारले अकारण स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको एमालेको आरोप छ । आफ्नो नेतृत्वको अघिल्लो सरकारले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण अघि बढाएको र, त्यसका लागि ६ अर्ब १५ करोड बजेट विनियोजन गरेकोमा अहिलेको सरकारले १ अर्ब ५० करोड कटौती गरेको एमाले अध्यक्ष ओलीको वक्तव्यमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?