+
+
आहारारा गोल्डकप :

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १६:५०

९ माघ, पोखरा । पोखरामा जारी नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा मनाङले पुलिसलाई २-० ले हराएको हो ।

प्रतिस्पर्धात्मक पहिलो हाफमा गोलरहित बराबरीमा खेलेको मनाङले दोस्रो हाफमा आक्रामक कमब्याक गर्यो । खेलको ६४ औं मिनेटमा मनाङका रुपेश केसीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । नेपाल पुलिसका मिडफिल्डर हेमन्त श्रेष्ठले डिफेन्डर अजीत भण्डारीलाई ब्याक पास दिएका थिए । तर  भण्डारी उक्त बल कन्ट्रोल गरेर क्लियर गर्न चुके । त्यही मौका उठाउँदै मनाङका रुपेश श्रेष्ठले गोल प्रहार गरेका हुन् ।

खेलको ८८ औं मिनेटमा अलावाले अफिज टिमका लागि दोस्रो गोल गर्दै मनाङको जित सुनिश्चित गरे । उनले डिफेन्समा बसेका भोलानाथ सिलवाल र अजीत भण्डारीबाट बल जोगाउँदै सुन्दर फिनिसिङ दिएका हुन् ।

८७ औं मिनेटमा विमल राना घाइते भएपछि केही समय मनाङमर्स्याङ्दी १० खेलाडीमा सीमित हुन पुगेको थियो । तर  आफ्नो संयमता मात्रै कायम राखेन, दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाएको थियो । दुबै टिम आहारारा गोल्डकपमा समान ६/६ पटक विजेता बनेका छन् ।

पुलिसले सहाराकै क्याराभान कपसमेत जितेको थियो । नेपाल पुलिस क्लब जारी प्रतियोगितामा हिमालयन शेर्पालाई सडेन डेथमा हराउँदै नेपाल पुलिस क्लब क्वार्टरफाइनल प्रवेश गरेको थियो । यसअघि अमेरिकन टिम बिवाइएससीलाई ३-१ ले हराउँदै एपिएफ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

अर्को खेल सोमबार डिफेन्डिङ च्याम्पियन संकटा र मच्छिन्द्र क्लबबीच अन्तिम ४ का लागि भिड्नेछन् । सहारा क्लबले आयोजना गर्दै आइरहेको आहारारा गोल्डकपको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?