१० माघ, काठमाडौं । तीन पटकको विजेता नाइजेरियालाई १-० ले पराजित गर्दै ट्युनिसिया अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ .
आइतबार राति भएको प्रिक्वाटरफाइनल खेलमा ट्युनियसियालाई जित दिलाउन युसु एमसाकनीले निर्णायक गोल गरे ।
उनले खेलको ४७औं मिनेटमा गोल गरेका थिए ।
खेलको ६६ औं मिनेटमा एलेक्स इवोबीले रातो कार्ड पाएपछि नाइजेरिया १० खेलाडीमा समेटिएको थियो ।
सन् २००४ को च्याम्पियन ट्युनिसियाले अब क्वाटरफाइनलमा बुर्किना फासोसँग खेल्नेछ ।
अर्को प्रिक्वाटरफाइनलमा बुर्किना फासोले गाबोनलाई पेनाल्टी सुटआउटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि सुटबउटमा बुर्किना फासोले गाबोनलाई ७-६ ले पराजित गरेको हो ।
प्रतिक्रिया 4