 
																			१० माघ, काठमाडौं। प्रहरीले दुर्लभ वन्यजन्तु कस्तूरीको बिना ओसारपसार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई टोखाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका-७ नुवाकोट घर भई तारकेश्वर बस्दै आएका २९ वर्षीय आशिक तामाङ, धुनिवेशी नगरपालिका-१ धादिङ बस्ने ३५ वर्षीय श्याम पाठक, धुनिवेशी नगरपालिका-१ धादिङ घर भई तारकेश्वर बस्दै आएका ४० वर्षीय राजु थापा र तारकेश्वर नगरपालिका- १ बस्ने ३४ वर्षीय कृष्ण गुरागाई रहेका छन् ।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4