+
+

झण्डै चार वर्षपछि बालाटेली इटलीको टिममा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १०:३५

११ माघ, काठमाडौं । फरवार्ड मारियो बालोटेली झण्डै चार वर्षपछि इटालियन टिममा फर्केका छन् । विश्वकप प्लेअफ सेमिफाइनलका लागि घोषित टोलीमा बालोटेली इटलीको टिममा छन् ।

प्रशिक्षक रोबर्टो मानचिनीले विश्वकप छनोटको प्लेअफ अन्तर्गत नर्थ नर्थ म्यासेडोनियाविरुद्धका लागि घोषणा गरेको टिममा बालोटोली अटाएका हुन् ।

तीन दिने क्याम्पका लागि मान्सिनीले बोलाएको ३५ खेलाडीमा बालोटेली पनि अटाएका हुन् ।

म्यानचेष्टर सिटी र लिभरपुलका पूर्व खेलाडी समेत रहेका ३१ वर्षीय बालोटेलीले सन् २०१८ सेप्टेम्बरपछि इटलीको लागि खेलेका छैनन् ।

टर्कीस क्लब एडना डेमिरस्पोरबाट खेलिरहेका बालोटेलीले १८ लिग खेलमा ८ गोल गरेपछि उनले टिममा मौका पाएका हुन् ।

सन् २०१० मा  इटलीका राष्ट्रिय टिममा डेब्यु गरेका बालोटोलीले इटालीका लागि ३६ खेलमा १४ गोल गरेका छन् । तर सन् २०१४ को विश्वकपपछि इटलीका लागि उनले जम्मा ३ खेल मात्र खेलेका छन् ।

बालोटेलीले यसअघि प्रशिक्षक मान्सिटीसँग इन्टर मिलान र म्यानचेष्टर सिटीका काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?