
११ माघ, काठमाडौं । नेपाल र मोरिससबीच हुने मैत्रीपूर्ण फुटबल खेल हेर्न रंगशालामा दर्शकलाई प्रवेश दिइने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार दशरथ रंगशालाको कुल क्षमताको एक तिहाइ क्षमतामा दर्शकलाई प्रवेश दिइनेछ ।
माघ १५ र १८ गते हुने खेल हेर्न भीआईपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटतर्फ ५०० रुपैयाँ टिकट शुल्क तोकिएको छ । खेल साँझ पौने ५ बजे खेलाइने एन्फाले जनाएको छ ।
मोरिससका खेलाडी सोमबार नेपाल आइसकेको छ । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न आएका मोरिससका चार खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4