+
+

सिरहामा बञ्चरो प्रहारबाट छोराको मृत्यु, बाबु पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १९:२५
फाइल तस्वीर

११ माघ, जनकपुरधाम। सिरहामा बुवाले बञ्चरो प्रहार गरी छोराको हत्‍या गरेका छन्।

जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा-२ बस्ने ६० वर्षीय सोनाई सदाले बञ्चरो प्रहार गर्दा उनका ३० वर्षीय छोरा प्रमेश्वर सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक पवन झाले बताए ।

प्रहरी निरीक्षक झाका अनुसार घरायसी विवादमा सोनाईले आफ्नै छोरामाथि बञ्चरो प्रहार गरेका हुन्। रक्सी पिएर सोनाईले बञ्चरो चलाएको देखिएको निमित्त प्रवक्ता झाले बताए।

छोरामाथि बञ्चरो प्रहार गर्ने सोनाईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?