+
+

मोरिससविरुद्धको लागि दुई नेपाली टोली घोषणा

विमल र जगजितको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १२:४२

१२ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले अफ्रिकन राष्ट्र मोरिससविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा गरेका छन् ।

नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालमा मोरिसससँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । जसमा प्रशिक्षक अलमुताइरीले दुई खेलका लागि दुई फरक टोली घोषणा गरेका छन् । उनले बन्द प्रशिक्षणमा रहेका ३४ खेलाडीबाट बुधबार दुई टिम घोषणा गरेका हुन् ।

जसमा जगजित श्रेष्ठ र विमल घर्ती मगरले पुनरागमन गरेका छन् । जगजितले नेपालका लागि पछिल्लो पटक सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिप खेलेका थिए । यस्तै विमल सन् २०१९ पछि पहिलो पटक राष्ट्रिय टिममा परेका हुन् । दुवै खेलाडीले शहीद स्मारक ए डिभिजन लिगमा राम्रो प्रदर्शन गरेका थिए । जगजितले त्रिभुवन आर्मी एफसी र विमलले मछिन्द्र एफसीबाट लिग खेलिरहेका छन् ।

माघ १५ गते हुने खेलका लागि घोषित २३ सदस्यीय टोलीमा जगजित र विमलले पुनरागमन गर्दा सुदिप गुरुङ, टिकेन्द्र थापा, आकाश बुढा मगर र कृतिश रत्न छुन्जु पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

यस्तै माघ १८ हुने दोस्रो खेलका लागि विमल पनि टिममै छन् भने शत्रुघन चौधरी, आशिष राई, नविन गुरुङ, सुशिल राई र प्रशान्त अवस्थीले पहिलो पटक टिममा स्थान बनाएका छन् ।

प्रशिक्षक अलमुताइरीले पहिलो पटक बन्द प्रशिक्षणमा परेका ९ खेलाडीलाई नै राष्ट्रिय टिममा अवसर दिएका छन् । प्रशिक्षक अलमुताइरीले नतिजाका लागि भन्दा पनि खेलाडीलाई एक्पोजर दिनका लागि आफू केन्द्रित रहेको बताएका छन् । ‘म खेलाडीले अन्तर्राष्ट्रिय खेलमा एक्सपोजर पाओस् भन्ने चाहन्छु । यसले उनीहरूलाई थप अनुभव दिएर भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ । म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरेको छु,’ अलमुताइरीको भनाइ उल्लेख गर्दै एन्फा डटकमले लेखेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?