
१२ माघ, झापा । झापाको दमक नगरपालिका-३ रनधौज चोकस्थित हुम्सेदुम्से सामुदायिक वनबाट आएको हात्तिको आक्रमणमा परी एकजनाको ज्यान गएको छ ।
सोमबारराति सामुदायिक वनबाट निस्केको हात्तिको आक्रमणमा परी दमक नगरपालिका-३ का ६३ वर्षीय गणेशप्रसाद अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक पाठकका अनुसार कुलोमा पानी लगाउन जाने क्रममा अचानक आक्रमण गर्दा घटनास्थलमा नै उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4