+
+

गुल्मीको मालपोत कार्यालय ६ दिनका लागि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १३:२४

१२ माघ, गुल्मी । गुल्मी जिल्लाको मालपोत कार्यालय ६ दिनका लागि बन्द हुने भएको छ ।

केही कर्मचारीलाई कोरोना संक्रमण भएपछि माघ १७ गतेसम्मका लागि कार्यालय बन्द गरिएको हो । कार्यालयले एक सूचना जारी गर्दै आन्तरिकबाहेकका नियमित कामकाज तथा सेवाहरू बन्द रहने जानकारी दिएको छ ।

कार्यालयको नियमित कामकाजमा रहेका कर्मचारीहरू उच्च जोखिममा रहेको तथा सेवाग्राहीहरूसमेत जोखिममा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सेवा बन्द गरिएको मालपोत कार्यालय गुल्मीले जनाएको छ ।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालय गुल्मीले पनि अनिश्चित कालका लागि सेवा बन्द गरेको छ ।

कर्मचारीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरेको हो । जिल्लामा हाल ३६१ जना कोरोनका सक्रिय संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?