+
+

नेपाल सुपर लिग फुटबल चैत २६ गतेदेखि

दोस्रो संस्करणमा तीन टिम थपिने, दुई शहरमा आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १७:३६

१२ माघ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैतबाट सुरु हुने भएको छ ।

आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बुधबार विज्ञप्ति जारी गर्दै तीन नयाँ टोली थप्दै चैत २६ देखि एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने जनाएको हो । प्रतियोगिता २०७९ जेठ ७ गतेसम्म आयोजना गरिने छ ।

आयोजकले दोस्रो संस्करणमा यसअघिका ७ टोलीमा ३ टोली थप्दै १० टिमलाई खेलाउने जनाएको छ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।  यस्तै दोस्रो संस्करणको प्रतियोगिताका खेलहरु दुई शहरमा आयोजना हुने आयोजकले जनाएको छ । यसअघि काठमाडौंमा मात्र भएको प्रतियोगिता अब प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौंमा हुनेछ ।

आयोजकका अनुसार प्रतियोगिता पोखरामा सुरु हुने र त्यसपछिका खेलहरू काठमाडौंमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको पहिलो संस्करणको उपाधि विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं रेजर्सले जितेको थियो । नयाँ थपिने ३ टिमको लागि आयोजकले फेब्रुअरीमा अक्सन आव्हान गर्ने जनाएको छ ।

(नेपाल सुपर लिग फुटबल चैत २६ गतेदेखि हुनुपर्नेमा शीर्षकमा चैत २८ लेखिएकाले सच्याइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?