+
+

जितुलाई दीपक-दीपाको टिमविना चल्नुपर्ने चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते ११:५०
हास्य कलाकार जितु नेपाल । फाइल तस्वीर

१३ माघ, काठमाडौं । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ ।

जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने टुटेको छ । दीपक-दीपा र केदार घिमिरेसँग निरन्तर ६ वटा चलचित्रमा सहकार्य गरेका जितुका लागि ‘ह्यारी कि प्यारी’ नयाँ अनुभव हुनसक्छ ।

दीपक र उनको टिमसँग रहँदा जितुले बाहिरको एउटा मात्र चलचित्र ‘रामकहानी’मा काम गरे । पूजा शर्मा र आकाश श्रेष्ठको पनि मुख्य भूमिका रहेको उक्त चलचित्रबाट जितुलाई खासै फाइदा पनि मिलेन ।

बरु उनलाई ‘छक्का पञ्जा, छ माया छपक्कै’ जस्ता चलचित्रले नै दर्शकमाझ लोकप्रिय बनाए । ‘जिरे खुर्सानी’पछि सानो पर्दामा ‘मुन्द्रेको कमेडी क्लब’बाट फर्किएका जितुका लागि दर्शकको घर-घरमा पुग्ने अवसर समेत मिलेको थियो ।

जितुका लागि अब आफैं चल्नुपर्ने चुनौती छ । किनकि, उनको जोडी बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि आफ्नो खस्किएको स्टारडम फर्काउन संघर्ष गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?