+
+
Shares

मानसिक स्वास्थ्यमा सुधार आएपछि घर फर्किए जागेश्वर

मानसिक रोग विषेशज्ञ डाक्टर भरत कुमार गोईतको उपचार र मानव सेवा आश्रमको माया र स्याहारले उनको जीवनमा परिवर्तन आएको छ । उनको मानसिक स्वास्य अवस्थामा सुधार आएको छ । मानव सेवा आश्रमले उनलाई परिवारको जिम्मा लगाएको छ ।

सुरेश बिडारी सुरेश बिडारी
२०७८ माघ १३ गते १८:०८

१३ माघ, वीरगञ्ज । जागेश्वर ठाकुर गाउँका नाम चलेका काठको काम गर्ने मिस्त्रि थिए । कलैया उपमहानगरपालिका-१८ मोतिसर उनको घर । मानसिक सन्तुलन बिग्रिएपछि उनको व्यवहार बदलियो । घर छोडेर भाग्न थालेपछि परिवार हैरान भए । उपचार गराउन नसकेपछि उनलाई फलामको साङ्ग्लोले बाँधेर राखे ।

उनको दुराअवस्थाको बारेमा अनलाइनखबरमा ०७८ जेठ २२ गते समाचार प्रकाशन भयो । तत्कालिन प्रधानमन्त्री पत्नी राधिका शाक्यले समेत चासो दिएपछि सोही दिन उनलाई मानव सेवा आश्रम वीरगञ्ज शाखाको टोलीले उद्दार गर्‍यो । कपडा च्यातेर फाल्ने हुँदा उनको शरीरमा एकसरो कपडा पनि थिएन ।

मानसिक रोग विषेशज्ञ डा. भरत कुमार गोइतको उपचार र मानव सेवा आश्रमको माया र स्याहारले उनको जीवनमा परिवर्तन आएको छ । उनको मानसिक स्वास्य अवस्थामा सुधार आएको छ । मानव सेवा आश्रमले उनलाई परिवारको जिम्मा लगाएको छ ।

जागेश्वरलाई मोतीसरमै पुर्‍याएर परिवारको जिम्मा लगाइएको आश्रम वीरगञ्ज शाखा संयोजक सानु गुरुङले बताइन् । ‘शुरुका दिनमा मलाई नै पिट्न आउनुहुन्थ्यो, उपचार गरेर औषधि खुवाउन थालेपछि सामान्य हुनुभयो’ उनले भनिन् ‘ धेरै वर्ष साङ्ग्लोमा बाँधिएर बसेकोले पछिसम्म पनि उहाँ साङ्लोले बाँधेको जस्तै गरि सुत्नुहुन्थ्यो । ठिक भएपछि घर छोडेर आएका छौं ।’

साङ्लोले नै बाँधेर राखिएको अवस्थामा उद्धार गरिएका वीरगञ्ज–१७ अलौंका हृदयनारायण साहलाई पनि आश्रमले परिवारको जिम्मा लगाएको छ । मानसिक स्वास्थ्य समस्यका कारण एकदमै उग्र व्यवहार प्रदर्शन गर्ने उनीे उपचारपछि समान्य बनेकोले परिवारको जिम्मा लगाईएको मानव सेवा आश्रम वीरगञ्ज संरक्षक प्रकाश थारु बताउँछन् ।

‘ परिवारले उनलाई सम्हाल्न नसकेर साङ्लोले बाँधेर राखेका थिए ।’ उनले भने ‘ ठिक भएपछि बुवाको साथमा गएका छन् ।’

मानवसेवा आश्रमले बेसाहारा, सडकमा अलपत्र, मानसिक स्थिति गुमाएका, आफ्नो भन्ने कोहि नभएका मानिसहरुलाई गाँस, बास, कपास र औषधि उपचार सहित सेवा दिँदै आएको छ । वीरगञ्ज शाखामा हाल ५९ जना आश्रित छन् ।

चिकित्सक भन्छन् : निरन्तर उपचार आवश्यक छ

मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोईतका अनुसार उनीहरु दुवैजनालाई सिजोफेनिया (कडा खालको मानसिक रोग) छ । निरन्तरको उपचारपछि उनीहरुको स्वास्थ्यमा सुधार आएको भएपनि पूर्ण रुपमा निको हुँदैनन । नियमित औषधि खुवाउनुपर्ने हुन्छ ।

‘ ठिक हुँदै गएको अवस्थामा परिवारको माया खोजेकोले उनीहरुलाई घर पठाउन भनेको हुँ ।’ उनले भने ‘ उनीहरुलाई एकदिनपनि औषधि छुटाउनुहुन्न ।’ निशुल्क उपचार गर्न आफू तयार रहेको उनले बताए ।

सिजोफेनिया एकदमै कम मानिसमा देखिने मानसिक स्वास्थ्य समस्या हो । संसारभर एक प्रतिशत मानिसम मात्रै कडा खालको मानसिक रोग देखा पर्ने चिकित्सकहरु बताउँछन् ।

डाक्टर गोईतक अनुसार सिजोफेनिया भएका मानिस समान्य मानिस भन्दा फरक व्यवहार गर्ने खालका हुन्छन् । उनीहरु खानपीन र व्यक्तिगत सरफाईमा पनि ध्यान दिँदैनन् । परिवारसँग कुरा नमिल्ने, रिसाउने, आक्रमक व्यवहार प्रर्दशन गर्ने खालका हुनछन् ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?