
१४ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघले २०० जना कुष्ठरोगका बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ ।
जापानको द निप्पोन फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका-२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो । आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले जानकारी दिए ।
दक्षिणकाली नगरपालिका-२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण संघका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामालगायत संघका पदाधिकारीहरूले कपडा र स्वास्थ्य सामग्री वितरण गरे ।
सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुशी व्यक्त गरेका थिए । फाउन्डेशन र संघले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद दिए । जुममार्फत् कार्यक्रममा सहभागी भएका फाउन्डेशनका वरिष्ठ निर्देशक सेको मासातोले सहयोग महत्त्वपूर्ण हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4