+
+

औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल वितरण

सडकमै राखेर निःशुल्क वितरण भइरहेको शुक्रबार तेस्रो दिन हो । बुधबारदेखि सामान्य स्वास्थ्य परीक्ष र सिटामोल निःशुल्क रुपमा त्यहाँ वितरण हुँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १६:४४

१४ माघ, काठमाडौं। काठमाडौं उपत्यकामा सिटोमोलको हाहाकार भएको खबरहरु बाहिर आए । सिटामोल नै नपाउने भएपछि सरकारको चर्को आलोचना भयो । सिटोमाल लुकाएको अभियोगमा औषधि व्यवसायीहरु कारबाहीमासमेत परे । तर केही दिनदेखि बबरमहलको औषधि व्यवस्था विभाग अगाडि भने अहिले निःशुल्क सिटामोल वितरण भइरहेको छ ।

सडकमै राखेर निःशुल्क वितरण भइरहेको शुक्रबार तेस्रो दिन हो । बुधबारदेखि सामान्य स्वास्थ्य परीक्ष र सिटामोल निःशुल्क रुपमा त्यहाँ वितरण हुँदै आएको छ ।

तर यो कुनै सरकारी निकाय वा संस्थाले वितरण गरेको भने होइन । युवा व्यवसायी तथा राजनीतिकर्मी डा. अबुल हुसेन अन्सारीले व्यक्तिगत लगानीमा औषधि वितरण गरेका  हुन्।

औषधि व्यवसायमै सक्रिय रहेका उनले हालसम्म ३० हजार ट्याबलेट वितरण गरिसकेको बताए । यो अभियान एक साताभरी चलाउने उनको योजना छ ।

सुनसरी स्थायी घर भएका अन्सारीले गृह जिल्लामा पनि शुक्रबार २५ हजार ट्यालेट सिटामोल पठाएका छन् । सुनसरीको इनरुवा, इटहरी, दुहवी कोशी गाउँपालिका, बर्जु लगायतका ठाउँहरुमा गएर निःशुल्क वितरण गरिने उनले बताए ।

‘पछिल्लो समय सिटामोल सहजै नपाएको गुनासोहरु आए, मेरो अरु केही स्वार्थ छैन कमसेकम सिटामोल नै नपाउने अवस्था नहोस भन्ने मेरो सोच हो’ उनले भने, ‘बोलेमात्रै पनि हुँदैन, म आफै व्यवसायमा पनि भएकाले सिटामोलहरु संकलन गरेर निःशुल्क वितरण गरेको हुँ ।’

काठमाडौंमा भने औषधि व्यवस्था विभागमा अझै ४ दिनसम्म राख्ने उनले बताए । त्यहाँ तीन जना डाक्टरको टिम पनि राखिएको छ । इच्छुक सर्वसाधारण जो कोही गएर त्यहाँ सामान्य चेकजाँच गराउन सक्ने र आवश्यकता अनुसार उनीहरुलाई सिटामोल उपलब्ध गराइदिने अन्सारीले बताए ।

तस्वीरहरु: शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?