+
+

बुर्किना फासो पनि सेमिफाइनलमा, पूर्वविजेता ट्युनिसिया अन्तिम आठबाटै बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते ९:०३

१६ माघ, काठमाडौं । पूर्वविजेता ट्युनिसियालाई स्तब्ध पार्दै बुर्किना फासो अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा दोस्रो क्वाटरफाइनलमा ट्युनिसियालाई १-० ले पराजित गर्दै बुर्किना फासो सेमिफाइनलमा प्रवेश गरेको हो ।

हारपछि सन् २००४ को च्याम्पियन ट्युनिसिया अन्तिम आठबाटै बाहिरिएको छ ।

बुर्किना फासोलाई जित दिलाउन डाङ्गो क्वाटराले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए ।

उनै गोलकर्ता क्वाटारा ८२ औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बुर्किना फासो १० खेलाडीमा समेटिएको थियो ।

बुर्किना फासोले अब सेमिफाइनलमा सेनेगल र इक्वेटोरियल गिनीबीचको विजेतासँग खेल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?