+
+

क्यानडामा ट्रक ड्राइभरको प्रदर्शन, असुरक्षाका कारण प्रधानमन्त्रीले छोडे घर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १२:२४

१६ माघ, काठमाडौं । अमेरिका प्रवेशका लागि अनिवार्य खोप लगाउनुपर्ने र खोप नलगाएको अवस्थामा अमेरिकाबाट फर्केपछि क्वारेन्टाइनमा बस्नुपर्ने नियमको विरोध स्वरुप क्यानडाका ट्रक ड्राइभर राजधानी ओटावा प्रवेश गरेका छन् ।

गत महिना प्रधानमन्त्री जस्टिन ट्रुडोले कोभिडविरुद्धको खोप लगाएको अवस्थामा मात्रै अमेरिका प्रवेश गर्न पाइने नियम ल्याएपछि रुष्ट बनेका हजारौं ट्रक ड्राइभर ओटावा प्रवेश गरेका हुन् । ‘फ्रिडम कन्भोय’ (स्वतन्त्रताका लागि सवारी जुलुस) भनेर सुरु गरिएको जुलुसले प्रदर्शनको रुप लिएको हो ।

सामाजिक सञ्जाल र समाचार माध्यममा राखिएका फुटेजमा राजमार्गमा ट्रकको लस्कर लागेको र सडकमा जम्मा भएका मानिसले हिडिरहेका ट्रकलाई हात हल्लाइरहेको देख्न सकिन्छ ।

शनिबार विरोध प्रदर्शन सुरु हुनु दुई घण्टाअघि नै ओटावाका सडक लगातार हर्न बजिरहेका ट्रकले भरिएको एएफपी समाचार माध्यमले जनाएको छ । विरोध प्रदर्शनमा उत्रिएका ट्रक ड्राइभरहरू शान्तिपूर्ण तरिकाले क्यानडाका शहरमा प्रवेश गरेको प्रहरीले बताएको छ ।

तर, सामाजिक सञ्जालमा विरोध प्रदर्शनपूर्व हिंसा उक्साउने गरी प्रयोग भएको भाषाका कारण प्रहरी सतर्क बनेको छ । यसैबीच, ओटावाको मध्य भागमा बस्दै आएका प्रधानमन्त्री ट्रुडो र उनको परिवारले सुरक्षाका कारण आफ्नो निवास छोडेको सीबीसी समाचारले जनाएको छ ।

क्यानडाका कन्जर्भेटिभ नेता इरिन ओटुले शुक्रबार केही ड्राइभरसँग कुरा गरेपछि विरोध प्रदर्शनप्रति समर्थन जनाएका छन् । ट्रक ड्राइभरले सुरु गरेको विरोध प्रदर्शनले क्यानडाबाहिर समेत कैयौंको ध्यान तानेको छ ।

पोडकास्टर, जो रोगन, डोनाल्ड ट्रम्प जुनियर (ट्रम्पका छोरो) र बेलायती कमेडियन रसेल ब्राण्डले उक्त विरोध प्रदर्शनप्रति समर्थन जनाएको बीबीसीले जनाएको छ ।

एलन मस्कले समेत बिहीबार प्रदर्शनप्रति समर्थन जनाएका थिए । ‘क्यानडाका ट्रक ड्राइभरले शासन गर्छन्’, उनले ट्वीटरमा लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?