+
+
Shares

हायर पर्चेज कर्जा दिने कम्पनीले सेवा शुल्क लिन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते १९:०८

१६ माघ, काठमाडौं । हायर पर्चेज कर्जा लगानी गर्ने कम्पनीहरुले व्याजदर बाहेकका कुनै पनि शुल्क लिन नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था, २०७० लाई तेस्रो पटक संशोधन गर्दै यस्तो व्यवस्था गरको हो । यसअघि यस्ता कम्पनीहरुले प्रोसेसिङ शुल्कका नाममा ०.७५ प्रतिशतदेखि ३ प्रतिशतसम्म सेवा शुल्क जोडेर लिने गरेका थिए । अब तोकिएको व्याजदर बाहेक कुनै पनि शुल्क लिन पाउने छैनन् ।

यसैगरी निक्षेप लिन नपाइने सम्बन्धमा हायर पर्चेज कर्जा दिने कम्पनीले कुनै पनि किसिमले निक्षेप वा बचत संकलन गर्न समेत नपाउने उल्लेख गरिएको छ । नयाँ व्यवस्था अनुसार राष्ट्र बैंकले कम्पनीको व्याजदर निर्धारण सम्बन्धमा आवश्यक देखिएमा समय समयमा त्यस्तो व्याजदर सम्बन्धी नीतिगत व्यवस्था गर्न सक्नेछ ।

हायर पर्चेज कर्जा दिने कम्पनीहरुले आफ्नो खुद सम्पत्तिको १० गुणाभन्दा बढी ऋण तथा सापटी लिन पाउने छैनन् भने ऋण तथा सापटी लिई कर्जा प्रदान गरेको अवस्थामा यसरी प्राप्त गरेको ऋण तथा सापटीमा दिनुपर्ने औसत व्याजदरमा ४ प्रतिशत भन्दा बढी नहुने गरी हायर पर्चेज कर्जामा औसत व्याजदर अन्तर कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी कम्पनीले कर्जा प्रवाह गर्दा धितोको मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यस्ता कम्पनीले हायर पर्चेज कर्जा बाहेक अन्य कुनै पनि प्रकारका कर्जा प्रवाह गर्न तथा अन्य कुनै पनि व्यापार व्यवसाय गर्न नपाउने राष्ट्र बैंकले बताएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?