+
+

सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते ९:१९

१७ माघ, काठमाडौं । सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३-१ ले पराजित गर्दै सेनेगल अन्तिम चारमा प्रवेश गरेको हो ।

सेनेगलका लागि फामारा डिएधिउले २८औं, चेइकोउ कोउयटे ६८औं र इस्माइला सारले ७९औं मिनेटमा गोल गरे । इक्वेटोरियल गिनीका लागि जानिक बुएला सामले ५७औं मिनेटमा एक गोल गरेका थिए ।

दुई पटक फाइनल पुगेको सेनेगलले अहिलेसम्म अफ्रिकन कपको उपाधि जित्न सकेको छैन । सन् २०१९ मा भएको पछिल्लो संस्करणमा उपविजेता बनेको सेनेगल यस पटक उपाधि दाबेदारको रुपमा पनि छ ।

सेनेगलले फाइनल प्रवेशका लागि बुर्किना फासोसँग खेल्नेछ । अर्को सेमिफाइनलमा इजिप्ट र आयोजक क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?