
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र अनलाइन सपिङ बजेट पसल डट कमबीच व्यवसायिक सम्झौता भएको छ ।
भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन काठमाडौ उपत्यकामा सञ्चालित अनलाइन सपिङ बजेट पसल डट कमसँग व्यवसायिक सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौता अनुसार बजेट पसल डट कममार्फत खाद्य वस्तु, मोबाइल, ल्यापटप तथा अन्य विद्युतीय सामग्री, घरेलु सरसफाइ, सुन्दरताका सामग्री तथा अन्य सामान सजिलै खरिद गर्न सकिने छ ।
होम डेलिभरीको व्यवस्था रहेको हुँदा यो सेवा आफू व्यस्त रहेको समय र कोरोना महामारीको समयमा पनि निकै उपयुक्त रहने बैंकले विश्वास लिएको छ ।
सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बजेट पसलबाट ३ हजारभन्दा बढीको सामान अनलाइन खरिद र भुक्तानी गर्दा ५ प्रतिशतसम्म छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4