+
+

लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १८:२७

१७ माघ, काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले एकै पटक ११ कम्पनीलाई कारबाही गरेको छ । आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको हो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आर्थिक वर्ष सकिएको १० महिनाभित्र बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण १० हजार रुपैयाँका दरले कारबाही गरिएको जानकारी दिए ।

यसरी कारबाहीमा पर्नेमा दुई सरकारी बीमा कम्पनीहरु समेत छन् । कार्यकारी निर्देशक पौडेलका अनुसार दी ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी कारबाहीमा परेका छन् ।

यसैगरी आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कारबाहीमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?