+
+

पशुपति आइपुगे माधवनारायणका व्रतालु (फोटो फिचर)

पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालुहरु तीर्थ यात्रा गर्दै पशुपति क्षेत्रमा आइपुगेका छन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०७८ माघ १८ गते १३:४४

१८ माघ, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालुहरु तीर्थ यात्रा गर्दै पशुपति क्षेत्रमा आइपुगेका छन् ।

सोमबार माघकृष्ण चतुर्दशीको साँझ पशुपति आइपुगेका ब्रतालुहरुले मंगलबार विहान औंसीका दिन पशुपति दर्शन गरेका छन् ।

माघ कृष्ण औंसी (आज) का दिन बिहान पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने व्रत विधि रहेको छ । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने गर्छन् ।

माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने गर्छन् ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?