+
+
Shares

सप्तरीमा साबुन उद्योगमा आगलागी, ५० लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १८:५१

१८ माघ, सप्तरी । सप्तरी सदरमुकाम राजविराजस्थित एक साबुन उद्योगमा आलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

राजविराज-७ स्थित माँ छिन्नमस्ता साबुन उद्योगमा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

आगलागीबाट उद्योगमा तयारी अवस्थामा राखिएको १२ सय कार्टुन लुगा धुने साबुन र १ हजार बोरा तयारी सरफ जलेर नष्ट भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?