+
+
WC Series
पोखरा एभेन्जर्स 2025
152/10 (20)
VS
Kathmandu Gorkhas won by 13 runs
Won काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

भारतमा कोरोना संक्रमणबाट एकैदिन १७ सयको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १३:५७
फाइल तस्वीर

१९ माघ, काठमाडौं। छिमेकी मुलुक भारतमा कोभिड-१९ बाट संक्रमित हुनेको दैनिक संख्या निरन्तर घटिरहेको छ । तर संक्रणमबाट ज्यान गुमाउनेको संख्खा भने बढिरहेको देखिन्छ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण १७ सय ३३ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। जुन मंगलबारको भन्दा ५४१ ले बढी हो।

योसँगै त्यहाँ हालसम्म कुल ४ लाख ९७ हजार ९७५ जनाले कोभिड-१९ कारण ज्यान गुमाएका छन्। तर मृतकको संख्या बढेता पनि दैनिक संक्रमितको संख्या भने घटिरहेको छ ।

लगातार तेस्रो दिन दैनिक संक्रमितको संख्या घटेको भारतीय समाचार माध्यमले जनाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जना नयाँ संक्रमित थपिएका छन् ।

हाल भारतमा १६ लाख २१ हजार ६०३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा २ लाख ८१ हजार १०९ जना निको भएसँग हालसम्म कोभिड संक्रमणमुक्त हुनेको कुल संख्या ३ करोड ९५ लाख ११ हजार ३०७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?