+
+

मोल्डोभाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

रासस रासस
२०७८ माघ १९ गते १४:५०

१९ माघ, काठमाडौं । युरोपेली मुलुक मोल्डोभाका प्रधानमन्त्रीलाई कोरोनाभाइरस संक्रमण भएको छ । प्रधानमन्त्री नातालिया गार्भिलिताले नै आफू कोरोनाभाइरसबाट संक्रमित भएको मङ्गलबार पुष्टि भएको जानकारी दिएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, ‘मेरो पिसिआर परीक्षण गर्दा आज संक्रमण भएको रिपोर्ट आएको छ ।’ उनले आफूलाई स्वास्थ्य समस्या नभएको स्पष्ट पार्दै केही समय घरबाटै वा अनलाइनबाटै काम गर्ने जानकारी दिइन् ।

मोल्डोभामा पछिल्लो २४ घण्टामा चार हजार ३४८ जना कोरोनाभाइरसबाट संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कूल १३ हजार ९८८ जनाको परीक्षण गर्दा उनीहरूमा संक्रमण देखिएको हो । कूल ३५ लाख जनसङ्ख्या भएको मुलुकमा अहिलेसम्म चार लाख ४५ हजार ४६ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?