
१९ माघ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट अनेरास्ववियूका विद्यार्थीहरुले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता तथा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै उनीहरुले प्रधानमन्त्री देउवाको पुत्ला जलाएका हुन् ।
अनेरास्ववियू मधेश प्रदेश कमिटीको आयोजनामा विद्यार्थीहरुले स्थानीय जनक चोकमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता गर, स्थानीय निर्वाचनको मिति घोषणा गर लगायतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरीबीच केही बेर घम्साघम्सी समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4