 
																			२० माघ, लमजुङ । राइनास नगरपालिका वडा नं ६ घामे भीरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।
बुधबार नगरपालिका वडा नं ५ तीनपिप्लेबाट वडा नं ६ धमिलिकुवातर्फ आउँदै गरेको ग १ त ४४४५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा धमिलिकुवाका अन्दाजी ४२ वर्षीय अमृत चिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
त्यस्तै राइनासकै सोही ट्रयाक्टर चालक १९ वर्षीय दिपक परियार र ट्याक्टरमै सवार २१ वर्षीय गोपाल परियार भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु राइनासकै स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात् घर फिर्ता भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4