
२० माघ, दाङ। दाङमा प्रहरीको सई हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही-१७ करजाइका २५ वर्षीय अनिल पुन रहेका छन्।
प्रहरीका अनुसार घोराहीको आर्मी ब्यारेक नजिकैबाट बुधबार राति १० बजे आफूलाई प्रहरीको सई बताउँदै पुनले मार्शल पुनमगर र सन्तोष खड्काको मोबाइल र नगद चार हजार लुटपाट गरी फरार भएका थिए।
पीडितले प्रहरीमा घटनाबारे जानकारी गराएपछि खोजी गर्नेक्रममा पुनलाई बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका पुनबाट लुटपाट गरिएको दुई वटा मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4