+
+

गुल्मीका उच्च स्थानमा हिमपात

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १४:२४

२१ माघ, गुल्मी । बिहीबार रातिदेखि गुल्मीका उच्च पहाडी स्थानमा वर्षासँगै हिमपात भएको छ । रेसुङ्गा, मदाने, सालिमेदह लगायतका उच्च पहाडी स्थानमा हिमपात भएको हो ।
गत पुस महिनाको १५ गते रेसुङ्गामा व्यापक हिउँ परेको थियो । यसवर्ष रेसुङ्गामा दोस्रो पटक हिउँ परेको छ ।

शुक्रबार दिनभर परेको पानी परेकाले जिल्लाका उच्च स्थानमा हिउँ परिरहेको छ । सदरमुकाम तम्घासबाट उच्च स्थानमा रहेको रेसुङ्गा डाँडामा हिउँपर्दा तम्घास बजारका स्थानीयले नजिकैबाट हिउँपरेको दृश्य अवलोकन गर्न पाएका छन् । सधैंं जसो हरियाली डाँडा देखिने रेसुङ्गामा हिउँपर्दा मनमोहक दृश्य बनेको छ ।

यस्तै जिल्लाका सालिमेदह लगायतका उच्च स्थानहरुमा पनि हिउँ परेको छ । २०६२ सालको फाल्गुनमा जिल्लाको सदरमुकाम तम्घास बजारमै हिमपता भएको थियो ।

त्यसपछि भने तम्घास बजारमा हिमपात भएको छैन् । गुल्मी जिल्लाका अन्य उच्च स्थानमा भने जाडो सिजनमा हिमपात हुँदै आएको छ ।

उच्च स्थानमा हिमपात भएसँगै गुल्मी जिल्ला भर अत्यधिक चिसो महसुस भएको छ । चिसोका कारण बजारमा चहलपलह समेत घटेको छ ।

कृषकलाई राहत

वर्षातले कृषकहरुले लगाएका तरकारी, फलफूल लगायत अन्य बालीलाई राहत मिलेको छ । पानी परेका कारण बेमौसमी तरकारी तथा अन्य खेती बाली लगाएका कृषकहरुले राहतको महसुस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?